श्री राम कृष्ण आश्रम नक्सलबारीद्वारा आवश्यकमन्दहरूलाई लुगाफाटा वितरण

नक्सलबारी : श्री राम कृष्ण आश्रम नक्सलबारीको तर्फबाट आज फकनाजोतमा आवश्यकमन्द मानिसहरूलाई लुगाफाटा वितरण गरियो। आयोजककर्ता वीरेन कर्मकारले बताएअनुसार नक्सलबारी रामकृष्ण आश्रमको तर्फबाट समय-समयमा सामाजिक कार्य गर्दै आइरहेको छ। यसै क्रममा आज फकनाजोत, गाजोलमुनि जोत र उचाई मल्लिकको आदिवासी समुदायका आवश्यकमन्द मानिसहरूलाई लुगाफाटा वितरण गरेको तिनले बताए। यस अवसरमा समाजसेवी कालीनाथ कोल, नक्सलबारी श्री राम कृष्ण आश्रमका उप सचिव भास्कर राय, कोषाध्यक्ष परितोष वर्धन लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *