टिन नम्बरविहिन टोटो विरूद्ध सिलगढ़ी ट्राफिक पुलिसको आभियान 

सिलगढ़ी : टिन नम्बर नभएका टोटोहरू विरूद्ध फेरि सिलगढ़ी ट्राफिक पुलिसले आज अभियान चलायो। नियम कानूनलाई पर्वाह नगरी हाल सिलगढी शहरका विभिन्न ठाउँहरूमा टिन नम्बर नभएका टोटोहरू जता-तत्तै चलिरहेको छ। यस्ता टोटोहरू विरूद्ध सिलगढ़ी ट्राफिक पुलिसले पहिला पनि धेरैपल्ट अभियान चलाइसकेको भए तापनि यसमा कुनै कमी आएको देखिँदैन। आज सिलगढ़ी पानीट्याङकी ट्राफिकको तर्फबाट टिन नम्बर नभएका टोटोहरू विरूद्ध सिलगढ़ीको विधान रोडमा अभियान चलाइयो। यस अवधि टिन नम्बर नभएको टोटोहरूलाई पुलिसले पक्राउ गरेको छ। पुलिसले दिएको जानकारी अनुसार कानूनी कार्वाही पछि आज जफत गरिएको टोटोहरूलाई अदालतमा पठाइने छ। यसपछि त्यहाँबाट नै मालिकहरूले टोटो लैजान सक्नेछ्न्।  


प्रातिक्रिया दे

आपका ईमेल पता प्रकाशित नहीं किया जाएगा.

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.